८ श्रावण २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रामारोशन गाउँपालिकाका निमित्त प्रमुखको अधिकार खोसियो, नयाँ प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर गराउन निर्देशन

अ+ अ-

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अछामको रामारोशन गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृतलाई प्रदान गरिएको आर्थिक तथा प्रशासनिक अधिकार रद्द गरेको छ ।

मन्त्रालयले शाखा अधिकृत तारा दत्त भट्टलाई गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रूपमा जिम्मेवारी दिएर पठाइसकिएको भन्दै निमित्त प्रमुख प्रशासकीय अधिकृत जगत बहादुर रावलको अधिकार खारेज गर्ने निर्णय गरेको हो ।

मन्त्रालयका अनुसार गत असार १० गतेको निर्णयबाट भट्टलाई रामारोशन गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा खटाइएको थियो । तर उनलाई कार्यस्थलमा हाजिर नगराई निमित्त प्रमुखमार्फत काम सञ्चालन भइरहेको अवस्थामा मन्त्रालयले नयाँ व्यवस्था कार्यान्वयन गर्न निर्देशन दिएको हो ।

मन्त्रालयले गाउँपालिकालाई खटाइएका प्रमुख प्रशासकीय अधिकृत भट्टलाई तत्काल हाजिर गराई नियमित प्रशासनिक कार्य सञ्चालन गर्न आग्रह गरेको छ ।

यसैगरी कोष तथा लेखा नियन्त्रक कार्यालयलाई पत्राचार गर्दै मन्त्रालयले जगत बहादुर रावललाई दिइएको आर्थिक अधिकारसमेत रद्द भएको जानकारी गराएको छ । अब गाउँपालिकाको आर्थिक कारोबार तथा खाता सञ्चालन मन्त्रालयबाट खटाइएका प्रमुख प्रशासकीय अधिकृत भट्टमार्फत मात्र गर्ने व्यवस्था मिलाउन निर्देशन दिइएको छ ।

0 Comments