७ आश्विन २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रसुवा बाढीपीडितका लागि डब्लूडब्लूएफले दिएको डेढ करोड अर्थमन्त्री वाग्लेलाई हस्तान्तरण

अ+ अ-

काठमाडौँ । रसुवाका बाढी प्रभावित नागरिकको राहत तथा पुन:स्थापनाका लागि विश्व वन्यजन्तु कोष (डब्लूडब्लूएफ) ले उपलब्ध गराएको १ करोड ५० लाख रुपैयाँ अर्थमन्त्री डा.स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरिएको छ।

कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले डब्लूडब्लूएफबाट प्राप्त उक्त रकम कार्यवाहक प्रधानमन्त्रीसमेत रहेका अर्थमन्त्री वाग्लेलाई हस्तान्तरण गरिएको हो ।

अर्थमन्त्री वाग्ले र मन्त्री चौधरीबीच आज भएको भेटवार्ताका क्रममा रसुवाका बाढी प्रभावित नागरिकका लागि प्राप्त राहत रकम हस्तान्तरण गरिएको हो। भेटमा बाढी प्रभावित क्षेत्रमा राहत तथा पुन:स्थापनाका लागि प्राप्त सहयोगलाई प्रभावकारी रूपमा परिचालन गर्ने विषयमा समेत छलफल भएको थियो।

यसैगरी, भेटवार्तामा आगामी कृषि सिजनका लागि आवश्यक रासायनिक मलको आपूर्ति र वितरण व्यवस्थापनबारे पनि छलफल भएको जनाइएको छ।

आगामी सिजनमा किसानलाई पर्याप्त रासायनिक मल उपलब्ध गराउन आवश्यक बजेट तथा स्रोत व्यवस्थापन गर्ने र समयमै मल खरिद गरी सहज रूपमा किसानसम्म पुर्‍याउने विषयमा छलफल भएको हो।

रसुवामा बाढीबाट प्रभावित नागरिकको राहत तथा पुन:स्थापनाका लागि प्राप्त रकमको प्रभावकारी परिचालनसँगै आगामी कृषि सिजनमा मलको पर्याप्त आपूर्ति सुनिश्चित गर्ने विषयलाई सरकारले प्राथमिकतामा राखेको जनाइएको छ।

0 Comments