११ भाद्र २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

३ सय ३८ जना कर्मचारी सम्पर्कविहीन, २ सय १२ उद्धारको पखाईमा

अ+ अ-

काठमाडौँ । रसुवा-त्रिशूली करिडोरमा आएको भीषण बाढीले कुल ६ सय ७५ मेगावाट क्षमताका १३ वटा जलविद्युत आयोजनामा क्षति पुर्‍याएको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले जनाएको छ ।

बिहीबार इप्पान अध्यक्ष मोहनकुमार डाँगीले यस्तो बताएका छन् । उनले बाढीले सबस्टेसनसमेत प्रभावित भएपछि विद्युत प्रणालीबाट ४ सय ३१ मेगावाट विद्युत ग्रिडबाहिर गएको बताए । उनका अनुसार निजी क्षेत्रका मात्रै नौ जलविद्युत आयोजनामा क्षति पुगेको छ । जसमध्ये सञ्चालनमा रहेका चार आयोजनाको १ सय ५८ मेगावाट र निर्माणाधीन पाँच आयोजनाको ३ सय ४२ मेगावाट क्षमता रहेको छ । उनले भीषण बाढीमा परी जलविद्युत आयोजनामा कार्यरत ठूलो संख्यामा कर्मचारी तथा कामदार समेत सम्पर्कविहीन भएको बताए । उनले निजी क्षेत्रबाट सञ्चालित जलविद्युत आयोजनामा कार्यरत ३ सय ३८ जना कर्मचारी तथा कामदार सम्पर्कविहीन भएको बताए । अन्य २ सय १२ जना विभिन्न जलविद्युत आयोजनाभित्र उद्धारको पर्खाइमा रहेको समेत अध्यक्ष डाँगीले बताए । उनकाअनुसार एण्डिज हाइड्रोमा कार्यरत ७६ जना, नेपाल वाटर एन्ड इनर्जी डेभलपमेन्टका ११ जना तथा सोही आयोजनामा कार्यरत आठ जना कोरियाली नागरिक सम्पर्कविहीन सम्पर्कविहीन भएका छन् ।

त्यस्तै, जेट कन्सर्ट लामा जीबीआरएसका सात जना र रसुवागढी क्षेत्रमा ५४ जना मानिस सम्पर्कविहीन रहेको विवरण प्राप्त भएको उनले बताए। उनले २०८३ साल माघ १० नेपालको ऊर्जा क्षेत्रको इतिहासमा ‘कालो दिन’का रूपमा रेकर्ड भएको समेत बताए । इप्पानले आर्थिक क्षतिको विवरण संकलनभन्दा मानवीय क्षति न्यूनीकरण तथा सम्पर्कविहीन कर्मचारी र कामदारको खोजी तथा उद्धारलाई प्राथमिकता दिएको उनको भनाइ छ ।

उनले भने, ‘रसुवाको भोटेकोशीमा आएको भषिणमा बाढीमा नेपालको ऊर्जा क्षेत्रका धेरै आयोजना प्रभावित भएका छन् । जसमध्ये १३ वटा आयोजनाहरू नराम्रोसँग प्रभावित भएका छन् । सञ्चालनमा रहेका ८ वटा आयोजना २ सय ८१ मेगावाट क्षमता भएका र निर्माणाधीन अवस्थामा रहेका ५ वटा आयोजना ३ सय ९४ मेगावाट गरेर जम्मा १३ वटा आयोजना ६ सय ७५ मेगावाटका आयोजनाहरूमा क्षति पुगेको छ । निजी क्षेत्रबाट १ सय ५८ मेगावाट क्षमाताका सञ्चालनमा रहेका ४ वटा आयोजना र ३ सय ४२ मेगावाट क्षमतामा निर्माणाधीन ५ वटा आयोजना गरेर जम्मा ९ वटा निजी क्षेत्रका जलविद्युत आयोजनामा क्षति पुगेको छ । बाढीमा सबस्टेसन समेत परेको छ । सोही कारण अहिले बाढीको कारण प्रणालीबाट ४ सय ३१ मेगावाट ग्रिडभन्दा बाहिर गएको छ । यो एकदमै दु:खद् घटना हो । खोलाको लेबलबाट १०० मिटरमाथि भएको अडिटमा समेत मान्छे फसेका छन् । निजी क्षेत्रबाट निर्माण भइरहेका ९ वटा आयोजनाहरूमा कार्यरत ३ सय ३८ जना मानिसहरू समेत सम्पर्कबाहिर रहनुभएको छ । २ सय १२ जना उद्धारको पर्खाइमा रहनुभएको छ । ऊर्जा क्षेत्रमा कार्यरत ५ सय ५० जना मानिसहरू प्रभावित भएको रेकर्ड छ । सरकारी क्षेत्रका आयोजनामा समेत धेरै मानिसहरू सम्पर्कबाहिर रहनुभएको कुरा आएको छ । जलविद्युत्सँग सम्बन्धी कुरामा एण्डिज हाइड्रोमा कामदारहरू ७६ जना सम्पर्कविहीन भएका छन् । नेपाल वाटर एन्ड इनर्जी डेभलपमेन्टका ११ जना अरू सम्पर्कविहीन भएका छन् । त्यही आयोजनामा कार्यरत कोरियन नागरिक ८ जना बेपत्ता भएका छन् । र जेट कन्सर्ट लामा जीबीआरएसका ७ जना सम्पर्कविहीन भएका छन् । त्यसैगरी रसुवागढीमा ५४ जना मान्छेहरू सम्पर्कविहीन भएका छन् । ३ जनाले ज्यान जोगाउन सफल भएको कुरा आएको छ । यो २०८३ सालको माघ १० गते यो ऊर्जा सेक्टरको इतिहासमा एउटा कालो दिनको रूपमा रेकर्ड भएको छ । इप्पानले अहिले ऊर्जा क्षेत्रमा कार्यरत कर्मचारीको खोजी र उद्धारका लागि प्रयत्न गरिरहेको छ । अहिले आर्थिक क्षतिको कुरामा हामीले प्रवेश नै गरेका छैनौँ । मानवीय क्षति र उद्धारको क्रमलाई नै प्राथमिकता राखेर इप्पानले काम गरिरहेको छ ।’

बाढीले जलविद्युत आयोजनामा क्षति पुर्‍याउँदा बाढी प्रभावित जिल्लाहरू रसुवा,नुवाकोट, धादिङ, गोर्खा लगायतका क्षेत्रमा विद्युत अवरुद्ध भएको छ । यता, नेपाल विद्युत प्राधिकरणले बाढी तथा पहिरोका कारण अवरुद्ध बनेका विभिन्न क्षेत्रहरूमा वैकल्पिक माध्यमबाट विद्युत सेवा सुचारु गर्ने कार्यलाई तीव्रता दिएको छ । प्राधिकरणका सदस्य अंशुकिरण शाहीका अनुसार बाढी प्रभावित क्षेत्रमा क्षति पुगेका संरचनाको विकल्प खोज्दै विद्युत आपूर्ति पुनः सञ्चालन गर्ने प्रयास गरिरहेको जनाएको छ । बालाजु र त्रिशूलीको ६६ केभी प्रसारण लाइनमार्फत ११ केभी लाइन तानेर नुवाकोट जिल्लाभर आजै अपराह्नसम्म विद्युत सेवा पुर्‍याउने लक्ष्य राखिएको छ ।

0 Comments