१८ श्रावण २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ब्रोड पिक हिमपहिरोमा ज्यान गुमाएका नेपालीसहित १० आरोहीप्रति पर्यटन मन्त्रालयद्वारा श्रद्धाञ्जली

अ+ अ-

पाकिस्तानको ब्रोड पिकमा गएको विनाशकारी हिमपहिरोमा निधन भएका नेपालीसहित १० आरोहीप्रति संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गहिरो दु:ख व्यक्त गर्दै उनीहरूको साहस, योगदान र प्रेरणादायी विरासतप्रति उच्च सम्मान प्रकट गरेको छ।

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पाकिस्तानस्थित ब्रोड पिक (ब्रड पिक) हिमालमा गएको विनाशकारी हिमपहिरोमा परी ज्यान गुमाएका नेपालीसहित १० जना आरोहीप्रति गहिरो दु:ख व्यक्त गरेको छ।

मन्त्रालयले सोमबार श्रद्धाञ्जली सन्देश जारी गर्दै जुलाई ३०, २०२६ मा भएको उक्त घटनामा नेपाली आरोही निर्मल पुर्जा ‘निम्स दाई’, पुरबहादुर गुरुङ ‘युक्ता’, किली पेम्बा शेर्पा ‘किलु’, निमा शेर्पा, नवाङ थिन्दु शेर्पा र ग्यालु शेर्पाको निधन भएको उल्लेख गरेको छ।

यसैगरी, उक्त दुर्घटनामा ओमानकी नाधिरा अल हार्थी, संयुक्त राज्य अमेरिकाकी म्यालोरी गेइस, पाकिस्तानका सोहेल साखी र चीनका वाङ झोङको पनि ज्यान गएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयले दिवंगत आरोहीका परिवार, आफन्त, सम्बन्धित आरोहण दल तथा विश्वभरका पर्वतारोहण समुदायप्रति हार्दिक समवेदना व्यक्त गरेको छ।

श्रद्धाञ्जली सन्देशमा दिवंगत आरोहीहरूको साहस, दृढता, हिमालप्रतिको अटल समर्पण र उत्साहले विश्वभरका असंख्य मानिसलाई प्रेरित गरेको उल्लेख गर्दै उनीहरूको योगदान सदैव स्मरणीय रहने विश्वास व्यक्त गरिएको छ।

मन्त्रालयले विशेषगरी नेपाली विश्वविख्यात आरोहीहरूले नेपालको पर्वतीय पर्यटन प्रवर्द्धन तथा अन्तर्राष्ट्रिय पहिचान विस्तारमा पुर्‍याएको अतुलनीय योगदानप्रति उच्च सम्मान व्यक्त गर्दै उनीहरूको योगदानलाई सदैव स्मरण गरिरहने जनाएको छ।

0 Comments