४ भाद्र २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मानव बेचबिखन नियन्त्रणमा उत्कृष्ट काम गर्ने स्थानीय तहलाई सम्मान गरिने

अ+ अ-

काठमाडौँ । सरकारले मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणका क्षेत्रमा उल्लेखनीय काम गरेको एक स्थानीय तहलाई राष्ट्रिय स्तरमा सम्मान गर्ने भएको छ।

महिला, बालबालिका, लैंगीक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयले आगामी भदौ २० गते मनाइने मानव बेचबिखन तथा ओसारपसारविरुद्धको २०औँ राष्ट्रिय दिवसका अवसरमा उत्कृष्ट स्थानीय तहलाई सम्मान गर्ने तयारी गरेको हो।

मन्त्रालयको प्रस्तावअनुसार भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहलाई पत्राचार गर्दै सम्मानका लागि आवेदन माग गरेको छ। इच्छुक स्थानीय तहले आफूले गरेका कामको विवरण र पुष्टि हुने प्रमाणसहित भदौ १० गतेभित्र आवेदन दिनुपर्नेछ।

स्थानीय तहले मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणसम्बन्धी नीति, कार्यक्रम र बजेट, स्थानीय समिति गठनको अवस्था तथा पछिल्लो तीन महिनामा भएका बैठक र निर्णय कार्यान्वयनको विवरण पेस गर्नुपर्नेछ।

यसैगरी, मानव बेचबिखन तथा ओसारपसारबाट पीडित तथा प्रभावित व्यक्तिको संरक्षण, पुनर्स्थापना र पुन:एकीकरणमा गरिएको सहजीकरण तथा सहयोगको विवरण पनि आवेदनमा समावेश गर्नुपर्नेछ। जिल्ला समितिसँगको समन्वय र सहकार्यलाई समेत मुल्यांकनको आधार बनाइने मन्त्रालयले जनाएको छ।

पछिल्लो १० वर्षभित्र उक्त सम्मान प्राप्त नगरेका स्थानीय तहले मात्रै आवेदन दिन पाउनेछन्। आवश्यक प्रमाण तथा कागजातसहितको आवेदन मन्त्रालयको इमेलमा पठाउन सकिनेछ।

मानव बेचबिखन तथा ओसारपसारविरुद्धको राष्ट्रिय दिवस मनाउने सम्बन्धमा मूल समारोह समितिको साउन २९ गते बसेको बैठकले उत्कृष्ट कार्य गर्ने एक स्थानीय तहलाई सम्मान गर्ने निर्णय गरेको थियो।

0 Comments