१३ आश्विन २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्राविधिकतर्फ सचिवमा जगदीश्वर कर्माचार्य बढुवा

अ अ+ अ-

काठमाडौँ । सरकारले वरिष्ठ सहसचिव जगदीश्वर कर्माचार्यलाई सचिवमा बढुवा गरेको छ।

आज बसेको मन्त्रिपरिषद् बैठकले कर्माचार्यलाई प्राविधिकतर्फ राजपत्राङ्कित विशिष्ट श्रेणीको सचिव पदमा बढुवा गर्ने निर्णय गरेको हो।

यसअघि सचिव बढुवा सिफारिस समितिले प्राविधिकतर्फ रिक्त एक सचिव पदमा बढुवाका लागि कर्माचार्यसहित तीन वरिष्ठ सहसचिवको नाम सिफारिस गरेको थियो।

समितिले योग्यताक्रममा जगदीश्वर कर्माचार्यलाई पहिलो, नवीनराज सिंहलाई दोस्रो र मीना श्रेष्ठलाई तेस्रो नम्बरमा राखेर सिफारिस गरेको थियो।

प्रचलित व्यवस्थाअनुसार सिफारिस भएका तीन जनामध्येबाट सरकारले एक जनालाई सचिवमा बढुवा गर्ने व्यवस्था छ। सोहीअनुसार मन्त्रिपरिषद्ले पहिलो नम्बरमा सिफारिस भएका कर्माचार्यलाई सचिवमा बढुवा गरेको हो।

कर्माचार्य यसअघि पनि प्राविधिकतर्फ सचिव बढुवाको सिफारिसमा परिसकेका थिए। अघिल्लो पटक चिरञ्जीवी चटौत पहिलो, कर्माचार्य दोस्रो र नवीनराज सिंह तेस्रो नम्बरमा सिफारिस भएका थिए। उक्त सिफारिसबाट सरकारले चटौतलाई सचिवमा बढुवा गरेको थियो।

कर्माचार्य हाल ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा निमित्त सचिवका रूपमा कार्यरत छन्। उनको पनि पदस्थापन टुंगिएको छैन ।

0 Comments