१३ आश्विन २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अख्तियारका सहसचिव योगेन्द्र पाण्डेले पनि दिए पदबाट राजीनामा

नियमित अवकाशका लागि करिब डेढ वर्ष सेवा अवधि बाँकी रहेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहसचिव योगेन्द्र पाण्डेले राजीनामा दिएका छन्। निजामती सेवाका उच्च तहका कर्मचारीले सेवा अवधि बाँकी छँदै राजीनामा दिने क्रम चलिरहेका बेला पाण्डेले पनि सेवा छाडेका हुन्।

अ अ+ अ-

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहसचिव योगेन्द्र पाण्डेले निजामती सेवाबाट राजीनामा दिएका छन्।

पाण्डेको राजीनामा भोलिदेखि लागू हुने बताइएको छ। नियमित अवकाशका लागि उनको करिब डेढ वर्ष सेवा अवधि बाँकी रहेको बताइएको छ । 

संघीय निजामती सेवा विधेयकमा प्रस्तावित ‘३० वर्ष सेवा अवधि वा ५५ वर्ष उमेर’सँग सम्बन्धित व्यवस्थालाई लिएर कर्मचारी वृत्तमा बहस र चासो बढिरहेका बेला पाण्डेको राजीनामा आएको हो।

पछिल्लो समय सेवा अवधि बाँकी छँदै सचिव, सहसचिवलगायत उच्च तहका कर्मचारीले राजीनामा दिने क्रम बढेको छ। प्रशासन डटकमलाई प्राप्त पछिल्लो विवरणअनुसार विभिन्न तहका ५३८ निजामती कर्मचारीले राजीनामा दिएका छन्। तीमध्ये ३ सचिव र २५ बढी सहसचिव छन्।

संघीय निजामती सेवा विधेयकमा प्रस्तावित ‘३०-५५’ को व्यवस्थाले विशेष गरी लामो सेवा अवधि पूरा गरिसकेका कर्मचारीबीच आफ्नो भावी सेवा अवधि, अवकाश र निवृत्तिभरणलाई लिएर चासो बढाएको छ।

यही बहस चलिरहेका बेला नियमित अवकाशका लागि करिब डेढ वर्ष बाँकी रहेका पाण्डेको राजीनामाले उच्च तहका अनुभवी कर्मचारीले समयअगावै निजामती सेवा छाड्ने क्रमलाई पुनः चर्चामा ल्याएको छ।

0 Comments