काठमाडौँ । सरकारले प्राविधिकतर्फ वरिष्ठ सहसचिव नवीनराज सिंहलाई सचिवमा बढुवा गरेको छ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले सिंहलाई राजपत्राङ्कित विशिष्ट श्रेणीको सचिव पदमा बढुवा गर्ने निर्णय गरेको उच्च सरकारी स्रोतले प्रशासनलाई जानकारी दियो।
सचिव बढुवा सिफारिस समितिले पछिल्लो पटक प्राविधिकतर्फ रिक्त सचिव पदमा बढुवाका लागि सिंहसहित मीना श्रेष्ठ र पद्यकुमार मैनालीको नाम सिफारिस गरेको थियो। सिफारिसमा सिंह पहिलो, श्रेष्ठ दोस्रो र मैनाली तेस्रो नम्बरमा थिए।
सोही सिफारिसमा तेस्रो नम्बरमा रहेका मैनालीलाई सरकारले यसअघि नै सचिवमा बढुवा गरी पूर्वाधार विकास मन्त्रालयमा पदस्थापन गरेको थियो।
पछिल्लो सिफारिसमा पहिलो नम्बरमा रहेका सिंहलाई बुधबारको मन्त्रिपरिषद् बैठकले सचिवमा बढुवा गरेको हो।




[…] prasashan.com […]
[…] prasashan.com […]